डिआईजी सिंहलाई थप उपचारका लागि काठमाण्डु ल्याइयो


काठमाण्डु – कोरोना भाइरसबाट संक्रमित प्रदेश नम्बर २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहलाई थप उपचारका लागि काठमाण्डु ल्याइएको छ ।

जनकपुरमा उपचार गराइरहेका डीआईजी सिंहको स्वास्थ्यअवस्था गम्भीर बनेपछि थप उपचारका लागि काठमाण्डु ल्याइएको हो । उनको अहिले नेपाल प्रहरी अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement