अपराध महाशाखामा एसएसपी सिंहले पाए जिम्मेवारी


काठमाडौं– एसएसपी धीरजप्रताप सिंहले महानगरीय अपराध महाशाखाको जिम्मेवारी पाएका छन् । बागमती अंचल प्रहरी कार्यालय बनेपामा कार्यरत सिंहलाई काजमा अपराध महाशाखाको जिम्मेवारी दिइएको हो । अपराध महाशाखाका कार्यरत एसएसपी दिवेश लोहनीलाई प्रहरी मुख्यालय तानेपछि महाशाखा नेतृत्व विहिन बनेको थियो ।

 गृहमन्त्री रामबहादुर थापाले वैशाख २ गते मन्त्रीस्तरिय निर्णय गर्दै उनलाई काजमा खटाउन प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

सिंहसंग यसअघि काठमाडौं परिसरमा काम गरेको अनुभव समेत छ । उनले पर्सा, दाङ लगायतका जिल्लामा समेत जिम्मेवारी निर्वाह गरिसकेका छन् । संगठित अपराधका जानकार रहेका सिंह प्रहरीभित्र व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement