‘बागेश्वर बाबा’ कहिले गर्छन् विवाह ? गुरुले दिए यस्तो जवाफ


काठमाण्डु – ‘बागेश्वर बाबा’ नामले परिचित बागेश्वर धामका कथावाचक धीरेन्द्र शास्त्रीको विवाहको प्रसंग पुनः एकपटक चर्चामा आएको छ ।

भारतीय सञ्चारमाध्यमका अनुसार उनका गुरु मानस मर्मज्ञ तुलसी पीठ सेवा न्यासका पीठाधीश्वर रामभद्राचार्य महाराजले बागेश्वर बाबाको विवाहबारे जवाफ दिएका छन् ।

हुन त यसअघि पनि शास्त्रीको विवाह प्रसंग चर्चामा आउने गरेको छ । उनको नाम कहिले कथावाचक साध्वीसँग जोडिन्छ भने कहिले उनका लागि पदयात्रा गर्नेसँग । एमबीबीएस छात्रा र साध्वी शिवरंजनी उनलाई ‘प्राणनाथ’ भनेर सम्बोधन गर्छन् । हालै उनी शास्त्रीलाई भेट्न पैदल गंगा कलश यात्रा गरेर बागेश्वर धाम पुगेकी थिइन् ।

शास्त्रीको विवाह कहिले हुन्छ भनेर सोधिएको प्रश्नमा उनका गुरु रामचन्द्राचार्यले केटी मिलेको दिन विवाह हुने जवाफ दिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भने, ‘जब कुनै केटी पाइनेछ, तब विवाह हुनेछ । गुरु भएकाले म सहमति दिउँला ।’

‘के धीरेन्द्र शास्त्रीका लागि केटी खोज्दै हुनुहुन्छ’ भन्ने प्रश्नमा रामभद्राचार्यले हाँस्दै भने, ‘गुरु केटी खोज्दैनन् । रामले सीतालाई रोजेका थिए, गुरु विश्वामित्रले अनुमति लिएका थिए । जब उनका लागि योग्य कन्या पाइएला, तब म अनुमति दिउँला । उ मेरो शिष्य हो । तपाईंको नजरमा कोही कन्या भए बताइदिनू ।’

गुरु रामभद्राचार्यले भारतलाई हिन्दूराष्ट्र बनाउनुपर्ने अभिव्यक्ति दोहोर्‍याएका छन् । उनले पाकिस्तान मुस्लिम राष्ट्र हुनसक्छ भने भारत हिन्दूराष्ट्र किन हुन सक्दैन भनेर प्रश्न गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement