धनगढीबाट लागु औषध चरेश सहित शनिबार बिहानै २ जना पक्राउ


धनगढी – कैलालीको धनगढीबाट लागु औषध चरेश सहित शनिबार बिहान २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ का बर्ष ३५ का प्रजापति पन्त र वडा नम्बर ४ का रामसिंह धामि रहेका छन । पन्त सोही ठाउँमा पसल सन्चालक हुन ।

प्रहरी हवल्दार कामदेव भण्डारी नेतृत्वमा खटिएको प्रहरी टोलिले पन्तको पसलबाट खरीदबिक्रि भईरहेको अबस्थामा पक्राउ गरेको हो ।  उनीहरुको साथबाट ३ किलो ४ सय ग्राम लागु औषध चरेश प्रहरीले बरामद गरेका छन् । पन्त र धामिलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनगढीमा बुझाएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement