धनगढी बिस्फोटमा घाइते एक जनाको मृत्यु


धनगढी – कैलालीको धनगढी -३ मा शक्तिशाली बम विष्फोटमा परी गम्भीर घाइते भएका बझाङका राम सिंहको उपचारका क्रममा मृत्यु भएको छ। बिहीबार बेलुका कैलालीको धनगढीको शहिद गेटस्थित निलम होटलमा बम विष्फोट हुंदा गम्भीर घाइते भएका राम सिंहको उपचारका क्रममा माया मेट्रो अस्पतालमा ज्यान गएको वडा प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

बम विस्फोटमा परी घाइते भएका होटेलका सञ्चालक केशवराज पाण्डेय, कञ्चनपुर बेल्डाँडीका लक्ष्मण सेरेला, धनगढीका जितेन्द्र यादव र ठेगाना नखुलेका मोबिन खानको उपचार भइरहेको छ। बिस्फोट भएको होटेलमा एक थान पेस्तोल र झोलासमेत फेला परेको छ। झोला र पेस्तोल भेटिएकोले घटना शंकास्पद रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएकाे छ ।

घटनास्थलमा व्यापक प्रहरी परिचालन गरिएको छ। प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ। यसअघि ग्यास सिलिण्डर विस्फोट भएको भनिए पनि त्यो नभएर ठूलै बम विस्फोट भएको हुनसक्ने प्रहरीले जनाएको छ। घटनामा विप्लव समूहको संलग्नता रहेको प्रहरीले आशंका गरे पनि नेकपा विप्लव समूहले आफूहरुको संलग्नता नरहेको स्पष्ट पारेको छ।

प्रतिक्रिया दिनुहोस
Advertisement