काठमाण्डु-भारत सरकारको सहयोगमा धुलिखेल अस्पतालमा वार्ड भवनको निर्माण भएको छ । नेपाल–भारत विकास सहकार्यअन्तर्गत ४ करोड २६ लाख लागतमा निर्मित भवनको भारतीय दूतावासका प्रथम सचिव अविनाश कुमार सिंहले उद्घाटन गरेका हुन् ।
भारत सरकार र नेपाल सरकारबीच भएको सम्झौताअन्तर्गत यस परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजनाको रूपमा अघि बढाइएको भारतीय दूतावासले जानकारी दिएको छ ।
सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५५१ भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ । जसमा ४९० वटा परियोजना सम्पन्न भएका छन्। यीमध्ये काभ्रेपलाञ्चोक जिल्लाका ७ वटा परियोजनासहित बागमती प्रदेशको विभिन्न क्षेत्रमा १०६ वटा परियोजना रहेका छन् ।
प्रतिक्रिया