डायमण्ड प्रिन्सेस जहाजबाट भारतीयसँगै नेपालीको पनि उद्धार


एजेन्सी – कोरोना भाइरस संक्रमण भएपछि जापानको समुद्री तटमा रोकिएको क्रुज जहाजबाट भारतले एक सय १९ जना भारतीयसहित पाँच विदेशी नागरिकको उद्धार गरेको छ ।

एअर इण्डियाको विशेष विमानबाट सबै नागरिक बिहीबार बिहान नयाँ दिल्ली आइपुगेका हुन् । यो जहाजमा भारतीय सहित नेपाल, श्रीलंका, दक्षिण अफ्रिका र नागरिक पनि छन् ।

डायमण्ड प्रिन्सेस क्रुज शिपबाट भारतीयलाई निकाल्न मद्दत गरेको भन्दै भारतीय विदेश मन्त्री एस जयशंकरले जापानी अधिकारीहरुलाई धन्यवाद दिएका छन् ।

उनले ट्वीट गरेका छन्, “एअर इण्डियाको जहाज भर्खरै टोकियोबाट दिल्ली आइपुगेको छ । कोरोना भाइरसका कारण जापनको क्रुज शिपमा फसेका १ सय १९ भारतीय र श्रीलंका, नेपाल, दक्षिण अफ्रिका र पेरुका नागरिकलाई ल्याइएको छ । एअर इण्डियालाई फेरि एक पटक धन्यवाद दिन चाहन्छु” भारतीय विदेश मन्त्री जय शंकरले गरेको ट्वीटमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement