साढे ३३ केजी सुन प्रकरणः बयानका लागि मोरङ पुगेका एसएसपी लोहनी पक्राउ


काठमाडौं- साढे ३३ केजी सुनकाण्डमा मुछिएका महानगरीय अपराध अनुसन्धान महाशाखाका तत्कालिन प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी पक्राउ परेका छन् । गृह सहसचिव ईश्वर पौडेल संयोजकत्वमा गठित साढे ३३ केजी सुन बेपत्ता एवं सनम शाक्य हत्या छानवीन उच्च स्तरीय समितिले बयानका लागि उनलार्इ बाेलाएकाे थियाे ।

बयानका लागि उनी मंगलबार दिउँसो जिल्ला प्रहरी कार्यालय, मोरङमा उपस्थित भएका थिए । उनलाई बयानपछि पक्राउ पूर्जी थमाइएको प्रहरी स्रोतले जनाएको छ । उनीमाथि संगठित अपराध अन्तरगत मुद्दा चलाइने प्रहरील जनाएको छ । प्रकरणमा लोहनीसहित पक्राउ पर्नेको संख्या २९ पुगेको छ । मोरङ प्रहरीले बुधबारै अन्य फरार प्रतिवादीसहित ६२ जनाविरूद्ध जिल्ला अदालतमा मुद्दा दर्ता गराउँदैछ ।

विमानस्थलबाट गत माघ ७ गते तस्करी भएको साढे ३३ किलो सुन हराएपछि तस्करीका नाइके चूडामणि उप्रेती ‘गोरे’नेतृत्वको समूहले सनम शाक्यलाई गत फागुन १८ गते हत्या गरेको थियो । शवलाई गायब बनाउन लैजाँदै गर्दा प्रहरीले विराटनगर–३ बाट फागुन १९ गते शाक्यको शव फेला पारेको थियो । ‘गोरे’ अहिले प्रहरीको फरार सूचीमा रहेका छन् ।

छानविन समिति स्रोतका अनुसार गोरेलाई सुन काण्डमा मुछिएका प्रहरी अधिकारीबाटै भगाउन सफल भएको बताएको छ । घटनापछि गोरे भारततिर पसेको प्रहरीको आशंका गरेको छ । यो सुन काण्डमा राजनीतिक दलका नेतासमेत मुछिएकाले उनीहरुको संरक्षणमा गोरे सुरक्षित ल्याण्डिङ गरेको बताइएको छ ।

 

प्रतिक्रिया दिनुहोस
Advertisement