पाँच जना डीआइजी एआइजी बढुवामा सिफारिस :पहिलो नम्बरमा वसन्त कुँवर,पाँचौंमा किरण बज्राचार्य


काठमाण्डु – गृह मन्त्रालयले नेपाल प्रहरीका पाँचजना प्रहरी नायब महानिरीक्षक (डीआईजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवाका लागि सिफारिस गरेको छ।

शुक्रबार बसेको बढुवा समितिको बैठकले ५ जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको हो।

बढुवा सिफारिस हुने डीआइजीहरुमा क्रमशः बसन्त बहादुर कुबर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य छन्। पाँच जना एआइजीको पद लामो समयसम्म खाली रहेपनि बढुवा हुन सकेको थिएन।

प्रतिक्रिया दिनुहोस
Advertisement