काठमाण्डु – गृहमन्त्रालयले नेपाल प्रहरीका चार जना एसएसपीहरुलाई डीआईजीमा बढुवाका लागि सिफारिस गरेको छ । गृह मन्त्रालयले गठन गरेको बढुवा समितिको शुक्रबार बसेको बैठकले चार जना एसएसपीलाई डिआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।
बढुवामा हुनेमा एसएसपीहरु कृष्णहरि शर्मा पोखरेल, दान कार्की, मनोज केसी र राजन अधिकारी रहेका छन् । गृहमन्त्री रवि लामिछानेले केसी र कार्कीलाई बढुवा गर्न खोज्दा केही समय बढुवा रोकिएको थियो ।दुवै जना प्रहरी अधिकारीहरु कार्यसम्पादनका हिसावले राम्रा मानिन्छन् ।
बढुवाका लागि उनिहरुभन्दा अघिको व्याचका एसएसपीहरू भोलाबहादुर रावल, ध्रुवराज राउत, गणेश चन्द, सिद्धिविक्रम शाह,सुशीलसिंह राठौर र उमाप्रसाद चतुर्वेदी समेत दौडमा थिए ।
प्रतिक्रिया