सशस्त्रमा डिआईजी बढुवाको प्रक्रिया सुरु, वरियता र कार्यसम्पादनलाई आधार मनाईने


काठमाण्डु– सशस्त्र प्रहरी बलमा डीआईजी पदमा बढुवा प्रक्रिया अघि बढेको छ । सशस्त्रले रिक्त ४ जना डीआईजीको पदमा बढुवा प्रक्रिया अघि बढाएको हो ।

गृहमन्त्रालयले डीआईजी बढुवा गर्न बढुवा समिति समेत गठन गरिसकेको छ । समितिका सदस्य सचिव सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेलले सूचना प्रकाशन गरेर ७ दिनभित्र बढुवा प्रयोजनमा आवश्यक प्रमाण पत्रका प्रतिलिपिहरु बुझाउन आह्वान गरेको छ।

बढुवाका लागि एक दर्जन एसएसपीहरु प्रतिस्पर्धामा छन् । उनिहरु २०५९ सालमा भर्ना भएका अधिकृतहरु हुन् । सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षकहरु दिपेन्द्र शाह,कृष्णराज पाठक, सुरेश कुमार श्रेष्ठ, अन्जनी कुमार पोखरेल, पुरुषोत्तम थापा, दिपक अधिकारी, कृष्ण ढकाल, मनिष थापा,प्रकाश थापा र विनोदराज श्रेष्ठ छन् ।

तिमध्ये प्रकाश थापा र विनोद श्रेष्ठ स्टाफ कलेज उर्तिण नभएको हुंदा बढुवाको प्रतिस्पर्धामा छैनन् । पाठकको कमजोर कार्यसम्पादनका कारण सिनियर भएपनि उनले बढुवा पाउने सम्भावना कम छ । उनि नेपाल प्रहरीको प्राविधकितर्फको प्रहरी नायव निरीक्षक (सई) पदबाट सशस्त्रमा भर्ना भएका अधिकृत हुन् ।

सशस्त्रमा डीआईजीमा बढुवा हुन त्रिभुवन विश्वविद्यालयले लिने १८ महिने स्टाफ कलेज पास गरेको हुनुपर्ने नियम छ ।

अहिले बढुवाको लागि प्रतिस्पर्धामा रहेकामध्ये शाह एक नम्बरमा छन् । उनि ककनीस्थित तालिम केन्द्रको प्रमुख छन् । अर्का एसएसपी श्रेष्ठ पोखरा स्थित सशस्त्र प्रहरी बल हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालयका समादेशक, थापा सशस्त्र प्रहरी प्रवक्ता र पोखरेल विपद् व्यवस्थापन शिक्षालय, कुरिनटारको समादेशक रहेका छन् ।

सशस्त्रमा वरियता र कार्यसम्पादन मुल्यांकनको आधारमा डिआईजी बढुवा गर्ने पक्षमा महानिरीक्षक राजु अर्याल रहेको स्रोत बताउंछ । उनि बोर्डको सदस्य छन् । बढुवा समितिको अध्यक्ष भने गृहसचिव विनोद सिंह छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement