काठमाडौं– ट्राफिक प्रहरीले नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षक (डिआइजी) को गाडीलाई कारबाही गरेको छ।
नर्भिक अस्पताल अगाडि पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरी राखिएको बा १ झ ६४०८ नम्बरको गाडीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले ५ सय रुपैयाँको चिट काटेको हो। गत शुक्रबार उक्त नम्बरको गाडी पार्किङ निषेधित क्षेत्रमा पार्किङ गरेको देखेपछि समिरमणी दीक्षितले ट्विटरमार्फत उजुरी गरेका थिए।
उक्त गाडीलाई कारबाही स्वरुप ५ सय रुपैयाँ तिराइएको चिट र ग्लोबल आईएमई बैंकमा पैसा तिरेको भौचर समेत ट्राफिक प्रहरीले आइतबार सार्वजनिक गरेको छ । सो गाडीका चालक छत्रबहादुर थापाको नाममा सो चीट काटिएको थियो ।
प्रतिक्रिया