डीआईजी श्रेष्ठको सेवा अवधि थपियो, आईजीपी बन्ने पक्का


काठमाण्डु – सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रविणकुमार श्रेष्ठलाई महानिरीक्षक (आईजीपी) बन्ने बाटो खुलेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले सुदुरपश्चिममा सशस्त्र प्रहरी प्रमुख रहेका श्रेष्ठको सेवा अवधि एक वर्ष थप गरेसँगै भावी आईजीपी बन्ने बाटो खुलेको हो ।

सशस्त्र प्रहरी नियमावली २०७२ खण्ड ६४ को नियम २ को उपनियम १ मा एआईजी र डिआईजीको पदावधी १ वर्ष थप गर्न सकिने व्यवस्था छ । सोही नियमावलीअनुसार सरकारले डीआईजी श्रेष्ठको सेवा अवधि थप गरेको हो । एक वर्ष सेवा अवधि थपसँगै डीआईजी श्रेष्ठ आगामी वैशाख १९ मा सशस्त्रको प्रहरी प्रमुख बन्नेछन् ।

२७ कात्तिक २०५२ मा प्रहरी सेवामा प्रवेश गरेका उनी २६ कात्तिक २०८२ सम्म सशस्त्रको नेतृत्वमा रहनेछन् ।सरकारले सेवा अवधि थप नगरेको भए उनी डिआईजीबाटै घर जाने भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement