डिआइजी श्रेष्ठ अस्पतालको शैयाबाट अवकाश


काठमाडौं – ३० वर्षे कार्यकाल सकएपछि जागिरे जीवनबाट छुटकारा पाएको खुसि महसुस गर्दै १७ डिआइजी मंगलबार नक्सालस्थित प्रहरी प्रधान कार्यालय पुगे । मंगलबार नै अर्को एक डिआइजी पनि त्यति नै अवधि पार गरेर कार्यकालबाट बिदा हुँदै थिए तर अस्पतालको शैयाबाट । लामो जागिरे जीवनबाट अलग्गिनुपर्दा १७ जना भन्दा भिन्न थिए राजेन्द्रमान श्रेष्ठ ।

किनकि श्रेष्ठ सजीव भएभनि शरीरले निर्जीव जस्तै छन् । २०७४ सालमा डिआजीमा बढुवा भएका श्रेष्ठ फुली ग्रहण गरेपनि चिन्न सक्ने अवस्थामा छैनन । मंगलबार आफूले अवकाश पाएको पनि सायद उनलाइ थाहा छैन । मंगलबार अवकाश पाएका उनलाई प्रहरी कार्यालयले परिवार मार्फत खबर पठाएको थियो ।

राजेन्द्रमान शारीरिक,मानसिक असक्तका कारण विदाइ कार्यक्रममा उपस्थित हुन नसके पनि अन्य तीन एआइजी भने जानीजानी उपस्थित भएनन् । आजको नागरिक खबरमा प्रकाशित छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement