महिलालाई अश्लिल तस्वीर पठाएको आरोप निर्माता खड्का पक्राउ


काठमाडौं – चलचित्र छायांकार एवं निर्माता डिक खड्का पक्राउ परेका छन् । एक जना महिलालाई अश्लिल तस्वीर पठाएको आरोपमा उनलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले पक्राउ गरेको हो । महाशाखाका प्रमुख दिवेश लोहोनीका अनुसार उनलाई नियन्त्रणमा लिएर मंगलबार म्याद थप गरी अनुसन्धान थालिएको छ ।

सम्पादक तारा थापा ‘किम्बे’ले साईबर क्राईम अन्तर्गत प्रहरीलाई दिईएको उजुरीको आधार खड्कालाई प्रक्राउ गरिएको हो । उजुरीमा ताराले आफ्नी श्रीमती सावित्री बुर्जालाई बिगत लामो समय देखि अश्लिल भिडियो र अश्लिल म्यासेज पठाएको बताएका छन् । हाल उनलाई टेकु स्थित अपराध महाशाखामा पुर्पक्षका लागि थुनामा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement