मन्त्रीसँग डिलाको सवाल–जवाफः सांसद विकास कोष कार्यकर्ता पाल्न हो ?


काठमाडौं – विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिन थालेपछि सांसद विकास कोषको रकम कोरोना कोषमा लगाउन माग सांसदहरुले माग गरेका छन् ।

सोमबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौला पन्तले सांसद विकसा कोषको कोरोना कोषको जम्मा गर्न मन्त्रीहरुसँग आग्रह गरेकी हुन् ।

‘देश कोरोनाका कारण अफ्ठ्यारो स्थितिमा छ । तपाईहरुलाई सांसद विकास कोष किन चाहिएको ? कार्यकर्ता पाल्न र तपाई(मन्त्री)का मान्छे रिझाउन हो ? कोरोना कोषमा लगाउनुपर्छ कि पर्दैन ?’, बैठकमा उनले मन्त्रीहरुलाई प्रश्न गरिन् ।

कोरोना सम्बन्धी भएको छलफलका क्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल र गृहमन्त्री रामबहादुर थापा बादलको उपस्थिति रहेको थियो ।

त्यस्तै सांसद संग्रौलाले सरकारले ओम्नी समूहलाई स्वास्थ्य सामाग्री खरिद गर्न दिएर भ्रष्टचार र अनियमितता गर्न दिएको भन्दै सत्यतथ्य बाहिर ल्इाउन सवस्थ्यमन्त्री भानुुभक्त ढकालसँग माग गरेकी छन् । ‘यसमा संलंग्न उच्च पदस्थ व्यक्तिहरुलाई कारबाही हुनुपर्छ’, उनले भनिन् । जवाफमा मन्त्री ढकालले अनियमितताको विषयमा छानबिन गर्न प्रक्रियामा प्रवेश गरिसकेको जानकारी दिए ।

सांसद संग्रौलाले देशमा मजदुर किसानहरु राहत नपाएर अलपत्र अवस्थामा रोइरहेको अवस्थामा राहत वितरण पारदर्शी रुपमा गर्न आग्रह गरेकी छन् । ‘सरकारको राहत वितरण अपुरो र उधारो भयो । राहत वितरणमा पनि राजनीतिकरण भयो’, उनले भनिन् ।

कोरोना संक्रमणबाट बच्ने उपाय लकडाउन मात्र एउटै विकल्प भएको अवस्थामा सरकारको तयारी नपुगेको भन्दै उनले सरकारले पिसिआर प्रविधिबाट कोरोनाभाइरसको परीक्षण गर्न नसकेको बताइन् ।

‘कोरोना संक्रमणको विकल्प लकडाउन थियो त्यो ठिक छ । लकडाउन भनेको तयारी गर्नलाई हो । लकडाउनभन्दा अगाडि संक्रमण बढेको थिएन । तर, लकडाउनको समयमा संक्रमण बढ्दै जानु भनेको सरकारले कन्ट्र्याक ट्रेसिङ पनि गरेन पिसिआरलाई पनि बढाउन सकेन आरडिटी मात्र गर्यो । संक्रमण सबै समुदायमा पुग्यो । सरकारको तयारी पहिलो चरणमा किन भयो ?’, उनले प्रश्न गरिन् ।

त्यस्तै सांसद संग्रौलाले विदेशबाट आउने नागरिक र भारतबाट आउने नेपाली नागरिक ल्याएर क्वारेन्टाइनमा राख्न सरकारलाई सुझाव दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement