चाडपर्वमा कालोबजारी गर्ने व्यापारीलाई कडा कारबाही गर्न डिला संग्रौलाको माग


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले महँगी नियन्त्रण गर्न सरकारसँग माग गरेकी छन् ।

कांग्रेस केन्द्रीय सदस्यसमेत रहेकी सांसद संग्रौलाले चाडपर्वको अवसरमा व्यापारीहरुले जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गरेकाले नियन्त्रण गर्न माग गरेकी हुन् ।

कोरोना भाइरसको महामारीले थला परेका नागरिकको स्वास्थ्य उपचारबाट सरकारले हात झिकेको अवस्थामा जनता महँगीको मारमा पिल्सिएको बताएकी छन् ।

‘दशै हो वा दशा ? को अबस्थामा गुज्रिएको बर्तमान सन्दर्भमा कालो बजारी गर्ने हरुको बिगबिगिले खाद्यान्न ,गेडागुडी , तेल र तरकारी लगायत अन्य बस्तुहरुको भाउ अचाक्लि बढाएर नेपाली जनताको ढाड भाचिदिएको अबस्था छ’, उनले भनिन् ।

सांस्द संग्रौलाले सामान्य नाफा मात्र हैन चर्को मुल्य लिएर यस्तो विषम परिस्थितिमा मानवता बिरोधि कार्यगर्ने जो कोहिलाई बजार हस्तक्षेप र नियन्त्रण गगर्न बाणिज्य आपुर्ती तथा संरक्षक बिभागलाई आग्रह गरेकी छन् ।

उनले बजारमा भइरहेको ठगी ,कालो बजारी ,म्याद सकिएका बस्तुहरुको बिक्री वितरणमा प्रतिबन्ध लगाउन माग गरेकी छन् ।

‘ब्यापारिक बर्गले यस्तो अबस्थामा ठूलो छाती देखाइ मानवताको परिचय दिन सकोस् । उपभोक्ता ,नागरिक समाज समेतले यो महामारीको अबस्थामा कसैबाट ब्राह्मलुट गर्ने प्रबृत्तिलाई हामी सबैले निरुत्साहित पारौं । दुःखको बेलामा एक नेपालीले अर्को नेपालीलाई सहयोग गरि सरलता साथ चाडबाड मनाऔ’, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement