विदेशमा अलपत्र नेपालीलाई विशेष विमान पठाएर उद्धार गर्नुपर्छः डिला संग्रौला


काठमाडौं प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौला पन्तले विदेशमा कोरोना संकट भन्दा पहिले नै मृत्यु भएका नागरिकको शव नेपाल ल्याउन माग गरेकी छन् ।

मंगलबार बसेको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद संग्रौलाले विदेशमा ज्यान गुमाएका एक सय भन्दा बढी शव नेपाल ल्याउन सरकारले पहल गर्नुपर्ने बताएकी हुन् ।

उल्टै नेपाल सरकारले शव विदशेमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई पचास हजार राहत दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ, उनले भनिन् ।

उनीहरुका परिवार, आफन्त कि सास देउ, कि लास देउ भनेर पर्खि रहेका छन् । उल्टै नेपाल सरकारले शव विदेशमै अन्त्येष्टि गर्ने अनुमति दिन परिवारलाई पचास हजार राहत दिने भनेको छ, जसले उनीहरुको भावना माथि ठेस पुगेको छ, उनले भनिन् ।

सांसद संग्रौलाले विदेशमा रोजगारी गुमाएका हजारौं नागरिकलाई विमान पठाएर स्वदेश ल्याउन माग गरेकी छन् । त्यस्तै उनले नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीहरुलाई सैयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयम्सेवक हरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गरेकी छन् ।

आफ्नो रोजगारी गुमाएका दशौँ हजार नेपालीहरु खाडी लगायतका मुलुकबाट स्वदेश फर्कन पर्खी रहेका छन् । उनीहरुलाई विशेष विमान पठाएर सरकारले जति सक्दो चांडो उद्धार गरोस् । त्यस्तै नेपाल, भारत सीमामा आइपुगेका, गत केही दिन देखि भोकै, प्यासै रहेका नेपालीहरुलाई सैयौं नेपालीहरुलाई ससम्मान स्वदेश भित्राएर नेपाल प्रहरी, सेना र स्वयम्सेवकहरु परिचालन गरि होटेल, स्कुल, कलेजहरुमा क्वारेंटाइनमा राख्ने प्रवन्ध गर्न र स्वास्थ्य परिक्षण पछि मात्रै घर, परिवारमा जान दिन माग गर्दछु, उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement