काठमाण्डु – पत्रकार दिलभूषण पाठकलाई उपस्थित हुन आउन नेपाल प्रहरीको साइबर ब्यूरोले सार्वजनिक सूचना जारी गरेको छ ।
मंगलबार जारी सूचनामार्फत पाठकलाई आफैं उपस्थित हुन अनुरोध गरिएको साइबर ब्यूरो प्रमुख डीआईजी नविन्द अर्यालले बताए ।
पाठकविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर कसूरमा पक्राउ पुर्जी जारी भएको छ । उनले होटल हिल्टनमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री आरजु राणा देउवाका छोरा जयवीरको लगानी रहेको विषयमा भिडियो रिपोर्ट सार्वजनिक गरेका थिए ।
रिपोर्टकै विषयमा देउवा परिवारले साइबर ब्यूरोमा उजुरी दिएपछि उनको नाममा पक्राउ पुर्जी जारी भएको छ ।
सोमबार उच्च अदालत पाटनले पाठकलाई ‘कानूनबमोजिम बाहेक धरपकड नगर्न’ प्रहरीलाई अल्पकालीन अन्तरिम आदेश दिए पनि प्रहरीले मंगलबार सार्वजनिक सूचना जारी गरेको छ ।

प्रतिक्रिया