भावी प्रधानमन्त्री घोाषणा गर्न कुन संविधानले दियो ?: दिलेन्द्रप्रसाद बडु


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले प्रधानमन्त्री केपी शर्मा ओलीले भावी प्रधानमन्त्री घोषणा गरेको भन्दै आपत्ति जनाएका छन् । नेकपा सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले भावी प्रधानमन्त्रीका रूपमा नेकपा उपाध्यक्ष वामदेव गौतमको नाम प्रस्ताव गरेका थिए ।

मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीले आफ्नो उत्तराधिकारी आफैंले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो ? भन्दै प्रश्न गरेका छन् ।

‘प्रधानमन्त्रीजी चालु अधिवेशनको सुरू दिनदेखि नै संसदमा देखिनुभएको छैन । मिडियाबाट जानकारी भएअनुसार उहाँले आफ्नो उत्तराधिकारीका रूपमा भावी प्रधानमन्त्री घोषणा गरेको पनि सुनियो’, सांसद बडुले भने, ‘आफ्नो उत्तराधिकारी आफैंले तोक्नुपर्ने यो कुन संविधानको बन्दोबस्त हो, वर्तमान संविधानमा देखिएन । उहाँ के काममा व्यस्त हो ? संसदमा जानकारी गराउनुपर्छ, संसद जान्न चाहन्छ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement