बलिउडका दिग्गज अभिनेता दिलीप कुमारको निधन, अन्त्येष्टि साँझ ५ बजे


एजेन्सी – बलिउडका अभिनेता दिलीप कुमारको निधन भएको छ । दिलीप कुमारको बुधबार बिहान ९८ वर्षको उमेरमा मुम्बईको खार हिन्दुजा अस्पतालमा निधन भएको हो ।

उनको अन्त्यष्टि साँझ ५ बजे मुम्बईको जुहू कबरस्थानमा गरिने भएको छ । ११ डिसेम्बर १९२२ मा तत्कालीन ब्रिटिश इण्डियाको पेशावर (हाल पाकिस्तान) मा जन्मिएका दिलीप कुमारको वास्तविक नाम मोहम्मद युसुफ खान हो ।

करिब २२ वर्षको उमेरमा उनले फिल्ममा काम सुरु गरेका थिए । दिलीप कुमारले करिब पाँच दशकको करियरमा ६० वटा जति फिल्ममा काम गरेका छन् । उनका यादगार फिल्महरुमा शहीद, मेला, नदिया के पार, बाबुल, फुटपाथ, देवदास, नयाँ दौर, मुगल–ए–आजम, गंगा–जमुना, राम और श्याम, कर्मा लगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement