दिलीप महतो हत्यामा संलग्न दुई जनालाई २५ वर्ष कैद र एक जनालाई १२ वर्ष कैद सजाय


जनकपुरधाम – क्रसर सञ्चालकबाट हत्या गरिएका पर्यावरण अभियन्ता दिलीप महतोकाे मुद्दामा जिल्ला अदालत धनुषाले तीन जनालाई दोषी ठहर गरेको छ।

जिल्ला अदालत धनुषाले महतोको हत्यामा संलग्न २ जनालाई २५-२५ वर्ष र एक जनालाई १२ वर्ष कैद सजाय सुनाएको हो।

न्यायाधीश चित्रबहादुर गुरुङ्गको इजलासले दिलीपको हत्यामा संलग्न विपिन महतो र मुनिन्द्र महतोलाई २५-२५ वर्षको सजाय सुनाइएको छ भने कसूरदार ठहर भएका जितेन्द्रकुमार महतोलाई १२ वर्ष कैद सजाय सुनाइएको जिल्ला अदालत धनुषालाले जनाएकाे छ।

जितेन्द्रलाई २ लाख ५० हजार जरिवाना समेत गरिएको छ। विपिन र मुनिन्द्रलाई ५-५ लाख रुपैयाँ जरिवाना गरिएको छ।  दोषी ठहर भएका तीनैजनाले पीडित परिवारलाई क्षतिपुर्ती दिन नसके सरकारको पीडित कोषबाट रकम दिइनेछ। बिपिन क्रसर सञ्चालक हुन् भने मुनिन्द्र महतो टिपर चालक र जितेन्द्र कुमार महतो लोडर चालक थिए।

प्रतिक्रिया दिनुहोस
Advertisement