काठमाण्डु– वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले डा शर्मालाई वीर अस्पतालको निर्देशकको जिम्मेवारी दिएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिले उनलाई निर्देशकमा सिफारिस गरेको थियो ।
उक्त सिफारिसअनुसार डा. शर्मालाई उक्त पदको जिम्मा दिइएको हो । डा. शर्मा सोही अस्पतालमा १० औँ तहका कर्मचारी हुन् ।
उनी वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ हुन् । उनले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।
प्रतिक्रिया