फरार सूचीमा रहेका डिमेलाई दिल्लीबाट पक्राउ गरी नेपाल ल्याइयो


काठमाडाैँ – फरार सूचीमा रहेका एक युवकलाई प्रहरीले भारतको दिल्लीबाट पक्राउ गरी नेपाल ल्याएको छ । नेपाल प्रहरीको इन्टरपोल शाखाले लोडु डिमेलाई सोमबार बिहान एयर इन्डियाको फ्लाइटबाट नेपाल ल्याइएको नेपाल प्रहरीका प्रवक्ता मनोज न्यौपानेले बताए ।

डिमेलाई अवैध रुपमा वन्यजन्तुको छाला ओसारपसार तथा बिक्रीवितरण मुद्दामा पुनराबेदन अदालत पाटनले २०७१ फागुन १२ गते पाँच बर्ष कैद फैसला सुनाएको थियो । इन्टपोल शाखाले डिमेलाई गत माघ २२ गते रेड कर्नर नोटिस जारी गरी खोजी गरिरहेको थियो ।

जिल्ला वन कार्यालय नुवाकोटका अधिकृत प्रेम खनालले पक्राउ नै नगरी डिमेदार्इ  २०७० साल माघ १८ गतेका दिन सामान्य जरिवानामा छाडेका थिए । खनालको एकल इजलाशले फरार डिमेलाई एक लाख रुपैयाँ जरिवानामा तोकेको समेत थियो ।

पुनरावेदन अदालत र सम्पत्ति शुद्धीकरण विभागले हिरासतमा राख्न निर्देशन दिएको डिमेकी श्रीमती डिकी छिरिङलाई समेत खनालले ८० हजार धरौटीमा मुक्त गरेका थिए । प्रहरीले तत्कालिन समयमा काठमाडौं बौद्धस्थित रहेकाे उनको घरमा छापा मार्दा वन्यजन्तुका अंगका भन्डार नै फेला परेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement