राज्यमन्त्री डिम्पल झाद्वारा राजीनामा


जनकपुरधाम – प्रदेश २ सरकारकी भौतिक पूर्वाधार विकास राज्यमन्त्री डिम्पलकुमारी झाले पदबाट राजीनामा दिएकी छन् । मंगलबार राज्यमन्त्री झाले मुख्यमन्त्री लालबाबु राउतसमक्ष पदबाट राजीनामा दिएकी हुन् ।

‘प्रदेश सरकारमा राज्यमन्त्रीको हैसियत, पदीय मर्यादार पदको प्रतिष्ठा जोगाउन लामो समयदेखिको मेरो प्रयासका बावजुद पनि स्थिति अनुकुल हुने अवस्थामा नरहेकाले राज्यमन्त्री पदबाट राजीनामा गरेकी छुु’, विज्ञप्तिमा भनिएको छ ।

उनी राजपा नेपालको तर्फबाट राज्यमन्त्री थिइन् । असन्तुष्ट हुँदै पदबाट राजीनामा गरेको झाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उनी राजपा संयोजक मण्डलका सदस्य अनिल झाकी श्रीमती हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement