निर्वाचनमा तटस्थरूपमा पर्यवेक्षण गरिदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

निर्वाचनमा तटस्थरूपमा पर्यवेक्षण गरिदिन प्रमुख निर्वाचन आयुक्त थपलियाको आग्रह

निर्वाचनको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको निष्ठा कायम राख्न सरोकारवाला पक्षको महत्वपूर्ण भूमिका रहेको बताएका छन् ।

शुक्रबार प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रारम्भिक पर्यवेक्षण प्रतिवेदनको समीक्षाका लागि आम निर्वाचन पर्यवेक्षण समिति (जियोक)द्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले भने, ‘यस पटकबाट आवधिक निर्वाचन कहिले हुन्छ भन्ने खालको अन्योलबाट मुलुक मुक्त भएकाले निर्वाचनप्रतिको निष्ठा कायम राख्न सरोकारवाला पक्षको भूमिका महत्वपूर्ण छ।’

प्रमुख आयुक्त थपलियाले गत स्थानीय तहको निर्वाचनका क्रममा पर्यवेक्षक संस्थाहरूबाट प्राप्त सुझावका आधारमा यस निर्वाचनमा मतदानस्थल र मतदान केन्द्रहरू मतदाताका लागि पहुँचयोग्य र सहज तुल्याइएको समेत बताए ।

आयोगले सबै पर्यवेक्षक संस्थाहरूबाट प्राप्त वस्तुगत सुझावलाई मार्गदर्शकरूपमा लिने स्पष्ट पार्दै तोकिएको निर्वाचन क्षेत्रमा तटस्थ र व्यावसायिक रूपमा पर्यवेक्षण गरिदिन आग्रह उनले आग्रह गरे ।

प्रमुख आयुक्त थपलियाका अनुसार आयोगको क्षमताले भ्याएसम्म मतदान स्थल र केन्द्रलाई मतदाताका लागि कम दूरीमा पार्ने गरी व्यवस्था गरिएको तथा मतदाता नामावलीलाई सकेसम्म शुद्ध बनाइएको छ ।