काठमाण्डु – विशेष अदालतले व्यवसायी दिपक भट्टलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ ।
झण्डै ३ महिनादेखि सानेपा र बौद्धको प्रहरीको हिरासतमा रहेका भट्टलाई विशेष अदालतले बुधबार थुनामा पठाउने आदेश गरेको हो ।
सम्पत्ति शुद्धीकरण मुद्दामा अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, उमेश कोइराला र बिदुर कोइरालाको इजलासले उनलाई थुनामा राख्ने आदेश गरेको छ ।
प्रहरी र सरकारी वकिल कार्यालयले उनीविरुद्ध विभिन्न मुद्दामा अनुसन्धान गरिरहेको छ ।




प्रतिक्रिया