सरकारले कुलमान घिसिङका अराजक गतिविधिलाई लगाम लगाउँछ : ऊर्जामन्त्री खड्का

सरकारले कुलमान घिसिङका अराजक गतिविधिलाई लगाम लगाउँछ : ऊर्जामन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अराजक गतिविधिलाई सरकारले लगाम लगाउने बताएका छन् ।

मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै मन्त्री खड्काले घिसिङले सरकारलाई नटेरेको र अराजक गतिविधि गरेको र आफूखुशी अगाडि बढ्न खोजेको बताए ।

प्राधिकरण सञ्चालक समितिले गरेको निर्णय कार्यान्वयन नगरेर घिसिङ आफूखुसी ढंगले अघि बढ्न खोजेको उनले बताए । राम्रो कामलाई पुरस्कार दिने बताए ।

मन्त्री खड्काले पटक–पटक बोर्ड बैठक बोलाउँदा उपस्थित नभएपछि सदस्य परिवर्तन गर्नुपरेको स्पष्ट पारे । उनले कुलमानका कारण लोडसेडिङ हटेको भन्दै भ्रम फैलाइएको बताउँदै तत्कालीन अवस्थामा ४२५ मेगावाट विद्युत् भारतबाट ल्याउँदा लोडसेडिङ हटेको बताए ।

बाढीका कारण १३ अर्बको क्षति भएको भन्दै उनले तत्कालको अवस्थामा विद्युत् प्रवाहलाई सहज ढंगले सञ्चालन गरिएको बताए ।