नवनियुक्त वन राज्यमन्त्री कार्कीद्वारा शपथ ग्रहण


काठमाण्डु – नवनियुक्त वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् ।

सोमबार दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कार्कीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबार शपथ ग्रहण गराएका छन् ।

उनी जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement