प्रमाण विना गृहमन्त्रीको राजीनामा माग्नु व्यावहारिक छैन, भ्रममा नपर्नुहोला: मन्त्री खड्का

प्रमाण विना गृहमन्त्रीको राजीनामा माग्नु व्यावहारिक छैन, भ्रममा नपर्नुहोला: मन्त्री खड्का

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सिन्धुली – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दिपक खड्काले विभिन्न स्तरबाट फैलाइँदै आएका अफवाह र कुप्रचारप्रति चिन्ता व्यक्त गर्दै ती भ्रममा नपरी देशको विकासमा समर्पित हुन आग्रह गरेका छन् ।

सुनकोशी मरिन ड्राइभर्सन बहुउद्देशीय आयोजनाको स्थलगत अवलोकन गर्न सिन्धुली पुगेका मन्त्री खड्काले जिल्लास्थित पार्टी कार्यालयमा नेता–कार्यकर्ताहरूसँगको भेटमा देशको हालको राजनीतिक, सामाजिक अवस्था र विकास रणनीतिबारे आफ्नो धारणा व्यक्त गर्दै भने, ‘देशमा केही पनि नभएको होइन, धेरै काम भएका भएका छन् । केही हुँदै पनि छ, धेरै काम गर्न सकिन्छ र गर्नु पनि पर्छ । त्यसका लागि सकारात्मक सोच र काम गर्ने इच्छाशक्ति अपरिहार्य छ,’ मन्त्री खड्काले भने ।

केही तत्वहरू सामाजिक सञ्जाल लगायतमा हो कि जस्तो लाग्ने खालको हल्ला फैलाएर जनमानसमा भ्रम छर्ने प्रयास गरिरहेको उल्लेख गर्दै उनले यस्ता भ्रामक गतिविधिबाट सचेत रहन पार्टी कार्यकर्ता र सर्वसाधारण नागरिकलाई आग्रह गरे ।

गृहमन्त्रीमाथि उठेका पछिल्ला विवादबारे टिप्पणी गर्दै मन्त्री खड्काले कुनै प्रमाण विना सार्वजनिक दबाबका आधारमा राजीनामा माग्नु अव्यावहारिक रहेको बताए ।

उनले भने, ‘यदि यसरी हल्लाको भरमा राजीनामा दिइयो भने बाँकी को रहन्छ र ? कानूनी प्रक्रिया नै अन्तिम निर्णायक हो,’ मन्त्री खड्काले भने ।

ऊर्जा मन्त्रालयको चालू आर्थिक वर्षको बजेट र नीति कार्यक्रमबारे जानकारी गराउँदै मन्त्री खड्काले यो बजेट सन्तुलित भएको र कार्यान्वयनमा गएपछि यसको प्रभाव जनताले प्रत्यक्ष रूपमा महसूस गर्ने बताए ।

ऊर्जा क्षेत्रबाटै मुलुकमा समृद्धि हासिल हुने र गरीबी निवारण हुने बताउँदै उनले सरकार गरीब तथा विपन्न परिवारलाई लक्षित गर्दै विना धितो २ लाखदेखि ५ लाख रुपैयाँसम्मको शेयर उपलब्ध गराउने नीति ल्याएको बताए ।

केही भएन भन्ने भाष्य सिर्जना गर्नेहरू बढे पनि यथार्थ त्योभन्दा फरक रहेको बताए । उनले आफ्नै कार्यकालमा क्षेत्रीय ऊर्जा व्यापारतर्फ नेपालले उल्लेखनीय सफलता हासिल गर्दै बंगलादेशसँग ४० मेगावाट विद्युत् बिक्री सुरु गरिएको बताए ।

अब भारतसँग १० हजार र बंगलादेश लगायत तेस्रो मुलुकसँग ५ हजार गरी १५ हजार मेगावाट विद्युत् निर्यात गर्ने सुनिश्चितता कायम भएको बताए । यसले देशको आर्थिक सबलीकरणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे ।