कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह पक्राउ

कमल थापालाई भेट्न गएका राप्रपा सांसद दीपक सिंह पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सांसद दीपक सिंहलाई प्रहरीले पक्राउ गरेको छ ।

राप्रपा नेपालका अध्यक्ष कमल थापालाई भेट्न गएका सांसद सिंह पक्राउ परेका हुन् ।

भद्रकालीस्थित प्रहरी परिसरमा थापालाई भेट्न गएका सांसद सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले राप्रपा नेपालका अध्यक्ष थापालाई भेट्न पुगेका बेला सांसद सिंहलाई प्रहरीले भित्रै थुनिदिएको जानकारी दिए ।