विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख दिने


काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई लुम्बिनी अल स्टारले १ लाख रुपैयाँ पुरस्कार दिने भएको छ।

चीनमा जारी १९औं एसियाली खेलकुदअन्तर्गत बुधबार मंगोलियाविरुद्ध भएको खेलमा ९ बलमा अर्धशतक पूरा गरी विश्व कीर्तिमान बनाएका दीपेन्द्रलाई लुम्बिनीले १ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो।

टी २० आईमा ऐरीले विश्व कीर्तिमान आफ्नो नाममा गरेका हुन्। कुशल र दीपेन्द्रले रचे इतिहास, शतक र अर्धशतकमा बनाए विश्व कीर्तिमान १० बलको सामना गरेका ऐरीले ८ छक्का प्रहार गरे। ऐरी नेपाल प्रिमियर लिग क्लब लुम्बिनीका कप्तानसमेत हुन्।

प्रतिक्रिया दिनुहोस
Advertisement