क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरीको सहायक हवल्दारमा बढुवा


काठमाण्डु – नेपाली राष्ट्रिय क्रिकेट टोलीका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी प्रहरी सहायक हवल्दारमा बढुवा भएका छन् ।

टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा कम बलमा अर्धशतक बनाएर दुर्लभ कीर्तिमान बनाएका ऐरी प्रहरी जवानबाट सहायक हवल्दारमा बढुवा भएका हुन् ।

क्रिकेटर ऐरीको कीर्तिमानको प्रशंसा गर्दै उनलाई विशेष बढुवा गरिएको प्रहरीले जनाएको छ । उनी सन् २०१६ देखि नेपाल पुलिसमा आवद्ध छन् ।

१९औं एसियाली खेलकुदअन्तर्गत मंगोलियासँगको खेलमा दीपेन्द्रले ९ बलमा ८ छक्कासहित अर्धशतक बनाएका थिए । उनले कीर्तिमान बनाउने क्रममा भारतका पूर्व क्रिकेटर युवराज सिंहले १२ बलमा बनाएको कीर्तिमान तोडेका थिए ।

मंगोलियासँगको खेलमा ऐरी ६ बलमा ६ छक्का प्रहार गर्ने पहिलो नेपाली क्रिकेटर बनेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement