टी–२० अलराउन्डरको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा

टी–२० अलराउन्डरको विश्व वरियतामा दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा


काठमाण्डु– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीको टी–२० अलराउन्डरको विश्व वरियतामा नेपालका अलराउन्डर क्रिकेटर दीपेन्द्रसिंह ऐरी दोस्रो स्थानमा उक्लिएका छन् ।

दीपेन्द्र चार स्थान माथि उक्लिएर दोस्रो स्थान पुग्न सफल भएका हुन् । इङ्ल्यान्डका लायम लिभिङस्टोन दीपेन्द्रभन्दा अगाडि छन् ।

यस सूचीमा तेस्रो स्थानमा अस्ट्रेलियाका मार्कस स्टोइनिस, चौथो स्थानमा जिम्बाबेका सिकन्दर राजा, पाँचौं स्थानमा श्री लंकाका वानिन्दु हसरंगा , छैटौ स्थानमा अफगानिस्तानका मोहमद नवि, सातौं स्थानमा भारतका हार्दिक पाण्डेय रहेका छन् ।

यस सूचीमा नेपालका कुशल मल्ल ६ स्थान तल झर्दै ४०औं स्थानमा पुगेका छन् ।

त्यस्तै नेपालका गुलशन झाले अलराउण्डरको वारियतामा ११ स्थानको सुधार गर्दै ५३औ स्थानमा उक्लिएका छन् । त्यस्तै नेपालका कप्तान रोहित पौडेल पनि ५३औ स्थानमै छन् ।