सिडियाेलार्इ गृहमन्त्रीकाे निर्देशन ‘सरकारलाई सहयोग गर्ने कागज गरे छोड्नु नभए मुद्दा चलाउनु’


काठमाडाैँ- गृहमन्त्री रामबहादुर थापा ‘बादल’ ले पक्राउ परेका यातायात व्यवसायीले सरकारलाई सहयोग गर्ने कागज गरे छोड्न नभए मुद्दा चलाउन ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

शुक्रबार र शनिबार देशभरिबाट पक्राउ परेका यातायात व्यवसायी महासंघका अध्यक्षसहितलाई ‘सिन्डिकेट मान्दिनँ, कम्पनी दर्ता गर्छु, सवारी साधन चलाउँछु र सरकारलाई सहयोग गर्छु’ भन्ने कागज गराउन थापाले ७७ सिडिओलाई निर्दशन दिएका हुन् ।

‘यस्तो कागज गर्न नमाने मुद्दा चलाउनू,’ गृहमन्त्रीले भनेका छन् । शुक्रबार र शनिबार प्रहरीले देशभरिबाट ९३ जना यातायात व्यवसायीलाई पक्राउ गरेको थियो । स्रोतका अुनसार उनीहरूलाई हिरासतमा राखेको काठमाडाैँ प्रहरी सहित देशभरका प्रहरीले अत्यावश्यक सेवा ऐन २०१४ अनुसार कारबाहीको तयारी गरेका छन् ।

‘हामीले फाइल तयारी अवस्थामा राखेका छौं, सिडिओ कार्यालयको निणर्य के हुन्छ, त्यसपछि अघि बढ्छौ,’ प्रहरी स्रोतले भन्यो । सिन्डिकेट हटाउने सरकारी निणर्यको विरोध गर्दै यातायात व्यवसायीले शुक्रबार सार्वजनिक बस चलाएका थिएनन् भने यही २७ गतेदेखि अनिश्चितकालीन हड्ताल घोषणा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement