निर्देशक अनुभव सिन्हाले गरे बलिउड छाड्ने घोषणा


एजेन्सी – बलिउडका निर्माता तथा निर्देशक अनुभव सिन्हाले बलिउड छाड्ने घोषणा गरेका छन् ।

कलाकार शुसान्त सिंह राजपूतले आत्महत्या गरेपछि बलिउडमा अहिले आरोप प्रत्यारोप चलिरहेका बेला सिन्हाले सामाजिक सञ्जाल ट्वीटरमार्फत एक ट्वीट गर्दै आफुले बलिउड फिल्मी जगतबाट राजिनामा दिएको जानकारी गराएका हुन् ।

सिन्हाले ट्वीटरमा लेखेका छन्, ‘धेरै भयो । अब म बलिउडबाट राजीनामा दिँदैछु । अब यसको जेसुकै मतलब होस् ।’ उनले ट्वीटरमा आफ्नो प्रोफाइल नाम पनि परिवर्तन गरेका छन् ।

अब उनको नाम अनुभव सिन्हाको पछाडि (नट बलिउड) थपिएको छ । सिन्हाले ‘मुल्क’, ’आर्टिकल १५’ र ’थप्पड़’ जस्ता तारिफयोग्य फिल्म बनाएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement