आक्रमणकारीलाई पक्राउ गर्न रक्षामन्त्रीको निर्देशन


भक्तपुर- रक्षामन्त्री ईश्वर पोखरेलले मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि आक्रमण गर्ने आक्रमणकारीलाई तत्काल पक्राउ गर्न प्रमुख जिल्ला अधिकारी र प्रहरी परिषरका प्रमुखलाई निर्देशन दिएका छन् ।

साेमबार श्रेष्ठको स्वास्थ्य अबस्थाबारे बुझ्न मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित कोरियामैत्री अस्पताल पुगेका उनले प्रजिअ द्रोण पोखरेल र प्रहरी परिषरका प्रमुख एवं प्रहरी उपरीक्षक किरण राणालाई टेलिफोनबाट यस्तो निर्देशन दिएका हुन् ।

शनिबार साँझ चार जनाका समूहमा आएका व्यक्तिको आक्रमणमा परी घाइते भएका नगरप्रमुख श्रेष्ठसँग घटनाबारे जानकारी लिदैं मन्त्री पोखरेलले आक्रमण हुदाँको दृश्य मोबाइल र सिसी क्यामराको माध्यमबाट हेरर आक्रमणकारी चिन्न सकिने अवस्थामा हुँदाहुँदै पनि घटना भएको ४८ घन्टासम्म प्रहरीले उनीहरुलाई पक्राउ गर्न नसकेकोमा चिन्ता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement