एमालेको समर्थन पाएपछि सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको दाबी पेश


धनगढी – सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेकपा एकीकृत समाजवादी संसदीय दलका नेता दीर्घ सोडारीले दाबी पेश गरेका छन् ।

आज दिउँसो एमाले संसदीय दलका नेता राजेन्द्र रावलले मुख्यमन्त्रीमा सोडारीलाई समर्थनको पत्र दिएसँगै सोडारीले प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

सत्तारुढ दलहरू एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टीको समर्थनमा उनले दाबी पेश गरेका छन् ।

गत मंगलबार मुख्यमन्त्रीका लागि पेश गरिएका दुवै दाबी अस्वीकृत गर्दै प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेश गर्न बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन् । यसअघि सोमबार नागरिक उन्मुक्ति पार्टी नाउपाका सांसदद्वय लक्ष्मणकिशोर चौधरी र कैलाश चौधरीको मुख्यमन्त्रीका लागि दाबी पेश गरेका थिए तर दुवैको दाबी खारेज गर्दै प्रमुख मियाँले पुनः आह्वान गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement