विपद् जोखिम न्यूनीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्ने सरकारको तयारी

विपद् जोखिम न्यूनीकरणको लागि स्थानीय तहसँग सहकार्य गर्ने सरकारको तयारी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई. दिनेशप्रसाद भट्टले तातो हावाको लहर ‘लु’बाट बच्ने उपायका सन्देश ५ वटा भाषामा तयार गरिने बताएका छन् ।

बुधवार सिंहदरबारमा आयोजित विपद् संवाद कार्यक्रममा बोल्दै उनले ‘लु’बाट बच्ने सन्देशमूलक सामग्रीहरूलाई छिट्टै ५ वटा भाषामा अनुवाद गरिने बताएका हुन् ।

उनले भने, ‘अहिले पानी परिरहे पनि केही दिनपछि तातो हावाको लहर ‘लु’को कुरा आउँछ, त्यो आउँदै गर्दा हाम्रा केही सामग्री सन्देशहरू छन् । हामी त्यसलाई ५ वटा भाषामा अनुवाद गर्दैछौं । हामी छिट्टै सन्देशमूलक सामग्रीहरूको लाइब्रेरी बनाउने र त्यसमा सबै सामाग्री हुनेछन् ।’

अन्य विपद्बाट बच्ने सन्देशमूलक सामाग्री बनाइने जानकारी दिँदै उनले यस क्षेत्रमा स्थानीय तहले सहयोग गर्नुपर्ने पनि बताए ।

कार्यक्रममा सहसचिव ई. अर्जुनकुमार बमले हरेक संस्थाले आफ्नो कार्यक्षेत्र छुट्याएर काम गर्नुपर्ने बताए । उनले ‘लु’ लाग्ने समयमा संस्थाहरूले आफ्नो कार्यक्षेत्र तोकेर राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई सूचना दिँदा स्थानीय तहसँग सहकार्य गर्न सहज हुने पनि बताए ।