डिशहोमको फन्ड ट्रान्सफर मार्फत रिचार्ज गर्दा हरेक हप्ता दुई लाख जित्ने मौका


काठमाडौं – डिशहोमले संचालन गरेकोे डिलर दाईको डिस्काउन्ट अफरको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि यो अफरलाई निरन्तरता दिने भएको छ ।

२०७६ फागुन २ गते देखि सुरु भएको डिलर दाईको डिस्काउन्ट अफर ४४ हप्ताको लागि संचालन हुने भनिएको भएपनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो ।

डिशहोमको देशभर रहेको बिक्रेतावानजिकैको डिलर मार्फत फन्डट्रान्सफर वाट बार्षिक रिचार्ज गर्दा हरेक हप्ता लक्की ड्रमा सहभागी हुन पाईनेछ । हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको Showcase channel No 100, Showcase 2 channel No.101 रमाईलो टिभीमा Live Lucky Draw मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन् ।

यो योजनाअनुसार २ जना भाग्यशाली विजेताहरुले प्रतिव्यक्ति रु १,००,००० (एक लाख)नगद प्राप्त गर्न सक्नेछन् । फन्डट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिले डिस होमले जनाएको छ ।

ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अवअनलाइनमार्फत ५ हजार वा सो भन्दामाथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो Weekly Lucky Draw मा सहभागी गराईने भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement