अब डिशहोममा ‘मधेस प्लस’ च्यानल


काठमाण्डु – डिशहोमले ‘मधेस प्लस’च्यालनको प्रसारण सुरु गरेको छ । डशहोमको च्यानल नम्बर ११९ मा ‘मधेस प्लस’ च्यानल हेर्न सकिन्छ ।

उक्त च्यानलमा भोजपुरी, मैथली र थारुसहित तराई–मधेसमा बोलिने स्थानीय भाषाका चलचित्र, टेलि–चलचित्र, गीतसहित विविध मनोरञ्जनात्मक कार्यक्रम प्रसारण गरिनेछ । हरेक शुक्रवार राति ८ बजे मैथली भाषाको समसामााजिक परिवेशमा आधारित समसामयिक टेलि–ऋंखला ‘मिथिलाञ्चली’ प्रसारण भइरहेको छ ।

उक्त सिरियल दर्शकले अत्याधिक रुचाउनुका साथै राम्रो प्रतिक्रिया आएको डिशहोमले जनाएको छ । प्राप्त प्रतिक्रियाकै आधारमा ‘मधेस प्लस च्यानल’मार्फत डिशहोमले विभिन्न मधेस केन्द्रित कार्यक्रम प्रसारणको तयारी गरिरहेको छ ।

दर्शकले हरेक शनिबार दिउँसो १ः ०० बजे भोजपुरी भाषामा हलिउड चलचित्र हेर्न सक्नेछन् । यस्तै दैनिक ८ शो भोजपुरी भाषाको चलचित्र प्रसारण भइरहेको छ । यो च्यानलमा छिट्टै स्थानीय भाषाको गीत संगीत, टेलि चलचित्र तथा अन्य मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण गर्ने तयारी डिशहोमको छ ।

लामो समयदेखि नेपाली दर्शकको मनोरञ्जनको चाहानालाई ध्यानमा राखेर डिशहोमले आफ्नै विभिन्न एक्सक्लुसिभ च्यानलहरु सञ्चालन गर्दै आएको छ ।

डिशहोमले विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरु प्रशारण हुने रमाईलो टिभी, नेपालकै पहिलो खेलकुद च्यानल एक्सन स्पोर्टस्, बालबालिकाहरुको लागी राईम्स र जुनिएर टिभी, घरमा नै बसेर नयाँनयाँ नेपाली, हिन्दी र अंग्रेजीचलचित्र हेर्न सकिने सिनेमा घर, नेपाली चलचित्र मात्र प्रसारण हुने प्लस मुभिजस्ता विभिन्न च्यानल सञ्चालन गरिरहेकोमा मधेस क्षेत्रमा प्रचलित भाषाका सामग्री समेटिएको मनोरञ्जनात्मक ‘धेस प्लस’च्यानल संचालनमा ल्याएको हो ।

यस च्यानलले नेपाली दर्शकलाई भिन्न स्वाद र भरपुर मनोरञ्जन दिने विश्वास कम्पनीले लिएको छ । साथमा भोजपुरी, मैथली, थारु लगायतका भाषाको गीत गाउने कलाकारहरुले उपलब्ध गराएको गीतहरु समेत यस च्यानलमा प्रसारण गरिने छ ।

जसबाट क्षेत्रीय भाषाको गीत गाउने स्थानीय कलाकारको प्रतिभालाई समेत नेपाल भर पुर्‍याउन यस च्यानलले सहयोग गर्ने अपेक्षा डिशहोमले लिएको छ । डिशहोमले आगामी दिनहरुमा पनि ग्राहकहरुको मनोरञ्जनका लागी भिन्न खालका सामग्री प्रसारण हुने विभिन्न च्यानलहरु थप गर्दै लाने उद्देश्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement