डिस होम क्रेडिट सर्भिसको ५ दिन म्याद थपियो


काठमाडौं – डिस मिडिया नेटवर्कले सदस्यता शुल्क समाप्त भइसके ग्राहकहरुलाई थप ५ दिन म्याद थप गरेको छ । तीन दिनसम्म थप म्याद दिँदै आएकोमा अब उक्त सेवाको म्याद थप गरि ५ दिन पुर्याएको डिस होमले जनाएको छ ।

ग्राहकहरुले एकपटक किनेको नियमित सेवाको अवधि समाप्त भएपछि थप ५ दिनको क्रेडिट सेवा प्राप्त गर्न सक्ने डिस होमले जनाएको छ । नियमित सेवाको अवधि समाप्त भएपछि थप गरिएको क्रेडिट अवधि ग्राहकहरुले आफ्नो सेवा नवीकरण गर्दा सोही नवीकरण अवधिमा मिलान गरिने डिस होमले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

डिसहोम नेपालको सबैभन्दा ठूलो डिटिएच सेवा प्रदायक संस्था हो । डिसहोमले १० वर्षभन्दा अघिदेखि २० लाखभन्दा धेरै ग्राहकहरु माझ आफ्नो विश्वस्तरीय सेवाप्रदान गर्दै आइरहेको छ । हाल दैनिक ५८ हजाारभन्दा ज्यादा ग्राहकहरुले यो क्रेडिट सेवाको उपभोग गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement