किन बढ्दैछ सम्बन्धविच्छेद ?


काठमाडौं – जीवनमा विवाह एकपटक मात्र गरिन्छ जसलाई हाम्रो समाजमा पवित्र बन्धनको रुपमा हेरिन्छ । तर पछिल्लो जेनेरेसनमा विवाहपछि सम्बन्त्रविच्छेद हुनु नौलो कुरा होइन । दुई परिवार र दुई व्यक्तिबीचको आपसी सहमतिमा नै विवाह हुन्छ । पछिल्लो समय समाजमा विभिन्न बानी र संस्कारले वैवाहिक जीवनमा समस्या बढ्दै गएको छ ।

श्रीमान र श्रीमतीबीच बढेको असमझदारी सम्बन्धविच्छेदमा परिणत हुन धेरै समय लाग्दैन र अन्त्यमा सम्बन्धविच्छेद भएरै छाड्छ । सानोतिनो मनमुटाव झै झगडाका कारणले सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेद गर्नेको संख्या निकै बढेको छ । प्रत्येक १ सेकेण्डमा सम्बन्त्रविच्छेदका घटनाहरु सार्वजनिक भइरहेका हुन्छन् ।

विशेषतः विवाहत्तेर सम्बन्ध, गरिबी, लागूऔषध र शारीरिक र मानसिक अक्षमता नै अहिले सम्बन्धविच्छेदको मुख्य कारण बनेको छ । एक अन्तर्राष्ट्रिय अनुसन्धानले विश्वभरीनै बढिरहेको सम्बन्धविच्छेदको घटनाको बारेमा गरेको तथ्याकं संकलन अनुसार पछिल्लो ६० वर्षमा विश्वभरीनै सम्बन्धविच्छेदको समस्या तीव्र गतिमा बढिरहेको छ ।

सम्बन्धविच्छेद हुनुको कारण गरिबीः
गरिबीको कारण विवाहित जोडी सम्बन्धमा खुशी हुन सक्दैनन् । गरिबीकै कारण सानो भन्दा सानो आवश्यकता पनि कारण पूरा हुन नसकेपछि सम्बन्धविच्छेद हुने सम्भावना धेरै हुन्छ ।

दोस्रो विवाहः

सम्बन्धविच्छेदको कारण दोस्रो विवाह भएको अनुसन्धानमा देखिएको छ । एउटा जोडीमा कोहि न कोहि दोस्रो व्यक्तिसँग विवाह गर्न चाहान्छ । जसको कारण सम्बन्धविच्छेदको घटना बढिरहेको छ ।

शारीरिक र मानसिक अक्षमताः
जिवनलाई सुखी, खुशी र सार्थक बनाउन शारीरिक र मानिक रुपमा सक्षम हुन सकिएन भने बैबाहिक जिवन तहसनहस हुने गर्दछ । शारिरकि रुपमा स्वस्थ्य नहुँदा (जस्तैः शारीरिक रुपमा अशक्त, दिर्घायु रोगी) सम्बन्धविच्छेद बढ्दै गइरहेको छ ।

विवाहत्तेर सम्बन्धः
विवाह भइसकेपछि श्रीमान र श्रीमतीबीच बढेको असमझदारी पछिल्लो समयमा सम्बन्धविच्छेदमा परिणत भइरहेको छ । सानोतिनो मनमुटाव झै झगडाका कारणले सम्बन्धविच्छेदको बाटो अपनाउँदा समाजमा सम्बन्धविच्छेद गर्नेको संख्या निकै बढेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement