राति सुत्ने समयमा नखानुस् यी खानेकुरा


काठमाण्डु – सामान्यता राति ढीला खाना खाने र खाने वित्तिकै सुत्ने बानी स्वास्थ्यका लागि घातक मानिन्छ । राति अबेर खाना खाने र सुत्ने बेलामा केही खाने बानी छ भने आजैबाट हटाउनुहोस् ।

हामी यहाँ केही खानेकुराका बारेमा चर्चा गर्छौं, जुन सुत्नु अघि खानै हुँदैन ।

चकलेटः हामीले राति सुत्नुअघि चकलेट खानुहुँदैन । चकलेटमा सुगर र फ्याटको मात्रा बढी हुने भएका कारण चकलेट दाँतमा टाँसिएर रातभरि बस्यो भने त्यसले एकातिर दाँत बिगार्छ अर्कोतिर राति खाएको चकलेटले एसिडिटी बढाउँने भएकोले निद्राको समस्या निम्तन सक्छ ।

पास्ताः पास्तामा अत्याधिक कार्बोहाइड्रेड हुन्छ । धेरै कार्बोहाइड्रेड भएको खाना खाएर सुत्दा मानिसको तौल बढ्ने भएकोले राति पास्ता खानुहुँदैन ।

पिजाः अहिलेका मानिसहरुको खाना नै पिजा भइसकेको छ । हामी साँझ परेपछी रेस्टुरेन्टतिर घुमेर पिजा खाएर ओछ्यानमा गई अबेरसम्म मोबाईल चलाएर सुत्ने बानीबाट ग्रसित छौं । विशेषगरी यूवापुस्तामा यो समस्या बढ्दै गइरहेको छ ।

तर पिजामा पाइने अधिक क्यालोरीले शरीरलाई फाइदा पुर्‍याउँदैन । एकातर्फ मोटोपन नियन्त्रण हुँदैन । अर्कोतर्फ राम्ररी पाचन प्रक्रिया हुन सक्दैन । त्यसैले कहिलेकाहिँ पिज्जा खान मन लागेमा दिउँसोको समयमा खानु राम्रो हुन्छ ।

अत्याधिक चिल्लो र पिरोः सुत्नुअघि धुलो खुर्सानी मिसाएको खानेकुरा खानु हुँदैन । यसले पेटमा असर पुयाउँछ । खुर्सानी खाँदा एसिडिटी, उच्च रक्तचाप र कब्जियतको समस्या आउन सक्छ । चिल्लो खानेकुराले कफ बढ्ने, अनिन्द्रा मोटोपना लगायत अन्य विभिन्न समस्या निम्त्याउँछ ।

मासुः मासु कुन समयमा खाने भन्ने विषयमा बेलाबखतमा चर्चा भइरहन्छ । तर विज्ञहरु भन्छन् सामुजन्य कुरा राति नखाँदा उत्तम हुन्छ । अधिकांश मानिसले मासु राति पकाएर खाने गर्छन्, जुन स्वास्थ्यका हिसाबले राम्रो होइन ।

राति मासु खाएर सुत्दा पाचन प्रक्रियामा समस्या आउन सक्छ । राम्ररी पाचन हुन पाउँदैन । मासुमा प्रोटिनको मात्रा बढी हुन्छ, जसले मोटोपना बढ्छ । सकभर बिहान र दिउँसो मासु समावेश गर्नुहोस् ।

फ्रुट जुस, कफि, अत्याधिक पानीः फ्रुट जुसमा एसिडिटी हुन्छ । कफिमा क्याफिन नामक तत्व । त्यसैले राति फलफूलको जुस खाँदा डायबिटिज र पेट पोल्ने समस्या आउँछ । कफिले निन्द्रा भगाउँछ । यदी राति अत्याधिक पानी पिउनु भएमा घरीघरी पिसाबको लागि ब्यूझिनुपर्छ ।

यसो हुँदा शरीरले आनन्दको निन्द्रा लिन सक्दैन । त्यसमाथि राति पेटभरी पानी खाँदा उकुसमुकुस भई सुत्न समेत अप्ठेरो हुन्छ । बरु प्यास लागेका बेला घाँटी भिजाउने हिसाबले पानी पिउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement