डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न गृहको निर्देशन


काठमाडौं – क्वारेन्टाइनमा बसेका स्वास्थ्यकर्मीमाथि कुटपिट हुन थालेपछि गृह मन्त्रालयले दुर्व्यवहार गर्नेलाई कडा कारबाही गर्न निर्देशन दिएको छ ।

दिनहु कोरोना भाइरसको रोकथाममा खटिएका स्वास्थ्यकर्मीहरुमाथि आक्रमण हुन थालेपछि गृहले सबै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको हो ।

गृह मन्त्रालयका सह–प्रवक्ता उमाकान्त अधिकारीले राष्ट्रसेवक कर्मचारीमाथि अभद्र व्यवहार गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयले आज ७७ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको बताए ।

आज मात्रै रौतहटमा कोरोना संक्रमणको परीक्षण गर्न स्वाब संकलन गरिरहेका स्वास्थ्यकर्मीमाथि सुरक्षाकर्मीकै अगाडि आक्रमण भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement