जब फ्लाइटमा अचानक बिग्रियो वृद्धको स्वास्थ्य, डाक्टरले मुखले पिसाब चुसेर बचाए ज्यान


बेइजिङ – मानिस होस् वा जनावर सबैलाई आफ्नो जीवनसँग धेरैनै माया लाग्छ । तर कैयौ पटक स्वास्थ्यसँग जोडिएका यस्ता समस्या हुन्छन् जसले जीवनमै खतरा निम्त्याउछन् । यद्यपि कठिन परिस्थितिमा पनि डाक्टरले मृत्य“को म’खबाट बाहिर ल्याएर मानिसलाई नयाँ जिन्दगी दिने गर्छन् ।

त्यसैले डाक्टरलाई भगवानको दोस्रो रूप पनि भनिन्छ । यस्तै किसिमको एक घटना चीनबाट अमेरिकाको न्यूयोर्क गइरहेको फ्लाइटमा भएको छ । उक्त फ्लाइटमा एक डाक्टरले दोस्रो वृद्ध यात्रीलाई दोस्रो जीवन दिएका छन् । अचम्म लाग्दो कुरा यो छ कि उक्त डाक्टरले बुढा बिरामीलाई ठीक गर्नका लागि आधा घन्टा भन्दा बढी समय सम्म उसको मुत्राशयबाट पिसाब चुसेर बाहिर निकालेका थिए ।

प्राप्त जानकारी अनुसार चीनको गुआंगजोबाट न्यूयोर्क जाने फ्लाइटमा यी वृद्ध यात्री यात्रा गरिरहेका थिए । न्यूयोर्क पुग्नु भन्दा करीब ६ घन्टा पहिले उनको स्वास्थ्यमा अचानक खराबी आयो । पिसाब गर्न नसक्दा यी वृद्धि व्यक्ति ठूलै समस्यामा परेका थिए । चिकित्सा सहयोगका लागि यो कुराको जानकरी क्रु सदस्यलाई पनि दिइएको थियो । यसपछि फ्लाइटमा क्रु सदस्यले वृद्धका लागि पाइलट क्याबिन नजिकै अस्थाई बिस्तराको व्यवस्था गरेका थिए ।
बिरामीलाई प्राथमिक सहयोग दिनका लागि क्रु सदस्यले यात्री मध्ये कोही डाक्टर पनि यात्रा गरिरहेका छन् कि भनेर सोधे । यो कुराको जानकारी पाउने बित्तीकै फ्लाईटमा यात्रा गरिरहेका एक सर्जन डाक्टर झाङ बिरामीको सहयोगका लागि आए । डाक्टर झाङले परिक्षण गर्दा पिसाब गर्न नपाएकाले बिरामीको मुत्राशयमा करीब एक लीटर भन्दा बढी पिसाब भरिएको पत्ता लगाए । भरिएको यो पिसाब छिट्टै बाहिर निकाल्न आवश्यक थियो । अन्यथा मुत्राशय फुटेर बिरामीको ज्यान पनि जान सक्थ्यो ।

हवाई जहाजमा कुनै यस्तो चिकित्सा उपकरण थिएन, जसबाट बिरामीको पिसाब बाहिर निकाल्न सकियोस् । डाक्टर झांगले हवाई जहाजमै भएको सामग्रीलाई उपकरण बनाउने बिचार गरे । यसका लागि उनले अक्सिजन मास्क, एक सिरिन्ज, टेप तथा दूधको बोतलको प्रयोग गरे । पिसाब निकाल्नका लागि झांगले सिरिन्जको प्रयोग गरे । तर यसले सही तरिकाले काम गर्न सकेन । बिरामीको म’त्राशय यती फुलिसकेको थियो कि यो चाडैन फुट्ने अवस्थामा पुगिसकेको थियो ।
जब डाक्टर झांगले कुनै उपाय देखेनन् उनले मुखबाटनै पिसाब चुसेर बाहिर निकाल्ने फैसला गरे । यसका लागि उनले पाइपको नली तथा कपको प्रयोग गरे । डाक्टर झांगले करीब ३७ मिनेटसम्म बिरामीको लगभग ७ देखि ८ मिलीलीटर पिसाब चुसेर बाहिर निकाले र उनको ज्यान बच्यो ।

बिरामीको पिसाबलाई केबिन क्रुले बोतलमा जम्मा गरे । जसका माध्यमबाट कति पिसाब निक्लिएको थियो भनेर पछि जान्न सकिन्थ्यो । डाक्टर झांगको यो कामले यो कुरा फेरी प्रमाणित गरिदिएको छ कि पृथ्वीमा भगवानको दोस्रो रूपनै डाक्टर हो ।

प्रतिक्रिया दिनुहोस
Advertisement