अमेरिकी डाक्टरको दाबी : स्वर्ग छ ! मान्छे मरेपछि के-के गर्छ ?


काठमाण्डु – ‘मृत्यु नजिकको अनुभूति’ विषयमा ५ हजारभन्दा बढी रिसर्च गरेका अमेरिकी डाक्टरले स्वर्ग रहेको दाबी गरेका छन् ।

डेली स्टारमा प्रकाशित रिपोर्टअनुसार डा. जेफरी लङले सन् १९९८ मा ‘नियर डेथ रिसर्च फाउन्डेसन’ स्थापना गरेका थिए । फाउन्डेसनबाट उनले रिसर्च गरिरहेका छन् ।

उनले भने, ‘कोही व्यक्ति जब कोमा या क्लिनिकली मरिसकेको हुन्छ, उसको धड्कन चलिरहेको हुँदैन, त्यतिबेला उसलाई यस्तो अनुभव हुन्छ कि उ देख्न सक्छ, सुन्न सक्छ, भावनाहरू महसूस गर्न सक्छ र अन्य प्राणीसँग कुराकानी गर्न सक्छ ।’ उनले रिसर्चमा प्राप्त तथ्यको वैज्ञानिक विश्लेषण पनि गर्दै आएका छन् ।

शरीरबाट छाडेपछि आत्माले माथिबाट शरीरलाई देख्न सक्ने र वरिपरि भइरहेको कुरा महसूस गर्न सक्ने उनको दाबी छ ।

मृत्युुुुुुुुपछि व्यक्तिले फरक–फरक अनुभूति गर्ने उनले बताए । ‘कोही अर्कै लोकमा जान्छन्, कोही उज्यालो सुरुङमा जान्छन्, कोही मरेका आफन्तलाई भेट्छन्, कसैले आफ्नो पुरानो जिन्दगी देख्छन् ।’ उनले यी तथ्यलाई वैज्ञानिक रूपमा पुष्टि गर्ने कोसिस गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement