६ महिनाभित्र महानगरका १४ हजार कुकुरको बन्ध्याकरण


काठमाडौं – अबको ६ महिनाभित्र महानगर क्षेत्रका सबै कुकुरको बन्ध्याकरण गरिने भएको छ। कामपाको सहयोगमा सञ्चालित मनुमित्र कार्यक्रमअन्तर्गत १४ हजार कुकुरको बन्ध्याकरण हुन लागेको हो।

हालसम्म करिब सात हजार कुकुरको बन्ध्याकरण भइसकेको छ। कामपाद्वारा गठित वडास्तरीय पशु व्यवस्थापन समितिको सहयोगमा भएको बन्धकरण कार्यक्रम महानगरको २१ वटा वडामा सम्पन्न भइसकेको छ। अब बाँकी रहेको ११ वटा वडा ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको संयोजक डा। संगीता सापकोटाले जानकारी दिए।

उनका अनुसार सन् २०१६ अप्रिलमा सिंहदरबारका कुकुर बन्ध्याकरण गरी सुरु गरिएको कार्यक्रम अबको ६ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य रहेको छ। कार्यक्रमअन्तर्गत वडामा रहेका कुकुरको यकिन पहिचान गर्ने र बन्ध्याकरण र औषधि उपचार गरी सोही स्थानमा छाड्ने गरिएको छ। यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement