थापाथलीमा चल्यो डोजर, शान्त छन् सुकुम्बासी (तस्बिरहरु)

थापाथलीमा चल्यो डोजर, शान्त छन् सुकुम्बासी (तस्बिरहरु)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– थापाथलीमा रहेका अनाधिकृत घर टहरा भत्काउन सुरु भएको छ । अहिले बिहान पुगेको डोजरले सुकुम्बासी बस्तीका घरटहरा हटाउन थालेको हो ।

अहिले सम्म त्यहाको स्थिति शान्तिपूर्ण नै रहेको छ । बिहानैदेखि बाक्लो सुरक्षाकर्मीको उपस्थितिपछि बस्तीका मानिसले आफ्नो सामान हटाउन थालेका थिए ।

बस्ती हटाउने क्रममा सम्भावित झडप र तनावको स्थितिलाई मध्यनजर गर्दै बाक्लो सङ्ख्यामा सुरक्षाकर्मी परिचालित छन् ।

हाल दुईवटा डोजर प्रयोग गरिएको छ भने बस्तीमा रहेका मानिसलाई सुरक्षित रूपमा बाहिर निकाल्न नेपाल प्रहरी, सशस्त्र प्रहरी र नगर प्रहरीले सहकार्य गरिरहेका छन् ।