गोलाप्रथाबाट मतदान अधिकृत छनोट


दोलखा– दोलखामा गोलाप्रथामार्फत् मतदान अधिकृत र सहायक अधिकृत छनोट गरिएको छ।

 

 

एक सय ९० मतदान केन्द्र रहेको दोलखामा आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि गोलाप्रथा विधिद्वारा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी तीन सय ८० जना छनोट गरिएको हो।

 

 

 

मतदानमा खटाइने एक सय ९० जना मतदान अधिकृत र सहायक मतदान अधिकृतको नाम छनोट गरिएको मुख्य निर्वाचन अधिकृत प्रकाश कुमार काफ्लेले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement